बस दुर्घटनामा गम्भीर घाइते भएकी महिलाको मृत्यु

१० बैशाख २०८०, आईतवार ११:१४

आज बिहान पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए।

मृतकको परिचय खुली नसकेको डिएसपी थापाले बताए।

आइतबार बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको जोरधारामा दुर्घटना भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारमा सम्लग्न भइको जानकारी दिए।

उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागी पठाइएको हो । तीमध्ये केहीको अवस्था गम्भीर छ

बसमा कति यात्रु थिए भन्ने यकिन नभएको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको गौतमले जानकारी दिए।