भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाच्चिँदा २ जनाको मृत्यु

७ बैशाख २०८०, बिहीबार १४:२४

जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा २ जनाको मृत्यु भएको हो।

तल्लुबगरमा भेरी नदिमाथि बेलिब्रिज जोड्ने क्रममा पुल भाच्चिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी गराएका छन्।

पुल भाच्चिँदा अन्य ४ जना घाइते भएका हुन्। उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ।

डीएसपी रोकाले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। मृतक तथा घाइतेहरुको पहिचान खुलिसकेको छैन।