निफ्राको नाफामा ६७.२८ प्रतिशतले विद्धि

६ बैशाख २०८०, बुधबार १२:१४

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६७.२८ प्रतिशतले विद्धि भएको छ।

गत वर्षको यही अवधिमा ५९ करोड ४५ लाख रूपैयाँ नाफा भएको बैंकको यसपटक एक अर्ब १६ अर्ब रूपैयाँ नाफा भएको हो।

निफ्राको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब रूपैयाँ पुगेको छ। सञ्चालन नाफा ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड पुगेको निफ्राले ७९ करोड निक्षेप संकलन गरेको छ। निफ्राले २२ अर्ब कर्जा लगानी गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ७ रूपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ १९ पैसा छ।

मूल्य आम्दानी अनुपात ३०.६३ गुणा छ। नाफा बढेको खबर सँगै यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य २२० रूपैयाँमा कारोबार भइरहेको छ।

 

यो अवधिसम्म रकमका आधारमा सेयर बजारमा कारोबार हुने दोस्रो कम्पनीमा यही छ।