राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी चालक (ड्राइभर) दिल बहादुर थापाको स्वास्थ्यमा सुधार आएको छ ।
पुरानो मेडिकल कलेजका उपनिर्देशक डा सुदिप केसीका अनुसार हिजोको भन्दा आज धेरै सुधार आएको छ। ‘औषधीको सहायताले हिजोको भन्दा आज त धेरै सुधार आएको छ । यद्यपी यो अवस्था पनि क्रिटिकल नै हो’, उनले भने, ‘उहाँलाई भेन्टिलेटरमै राखिएको छ । मुटुको चाल र ब्लड प्रेसर औषधीले कन्ट्रोल गरिरहेको छ ।’ हिजो विहान भरतपुर–११ स्थित लामिछानेको दुई तले घरको छतबाट खसेर थापा गम्भिर घाइते भएका हुन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ
