
इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा आज फेरि दोहोरो हेडर खेल हुँदैछ । आजको पहिलो खेल मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच मुम्बईको वानखेडे स्टेडियममा हुदैछ । यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
अघिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले सिजनको पहिलो जित दर्ता गरेको थियो भने कोलकाता नाइट राइडर्सले उच्च स्कोरको खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो। अर्कोतर्फ, दोस्रो खेल गुजरात टाइटन्स (जीटी) र राजस्थान रोयल्स (आरआर) बीच हुनेछ, जुन अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुदैछ।
मुम्बईको तीन खेलमा एक जित
यो सिजन मुम्बईका लागि राम्रो रहेन । उसले सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । तेस्रो खेलमा आएर मात्र उसले जितको स्वाद चाखेको छ । तेस्रो खेलमा दिल्लीलाई पराजित गर्दै जितको खाता खोलेको हो । पहिलो खेलमा मुम्बई बेङ्लोर र दोस्रो खेलमा चेन्नईसँग पराजित भएको थियो ।
कोलकाता विरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, जेसन बेहरेन्डर्फ, रिले मेरिडिथ र टिम डेभिड हुन सक्नेछन् । यी बाहेक रोहित शर्मा, तिलक वर्मा र सूर्यकुमार यादव जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।
केकेआरले दुई हार र दुई जित
मुम्बाईविरुद्धको खेल कोलकोताको जारी सिजनको पाँचौं खेल हुनेछ। उसले पछिल्ला चार खेलमा दुई हार र दुई जित हात पारेको छ । कोलकाता पहिलो खेलमा पञ्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा बैंगलोर र तेस्रो खेलमा साविक विजेता गुजरातलाई पराजित गरेको थियो । र चौथो खेलमा हैदरावादसँग २३ रनले पराजित भएको थियो ।
मुम्बई विरुद्धको टोलीका ४ विदेशी खेलाडी रहमानुल्लाह गुरबाज, सुनिल नारायण, आन्द्रे रसेल र लोकी फर्गुसन हुन सक्छन् । यिनी बाहेक नितिश राणा, वरुण चक्रवर्ती र वेंकटेश अय्यर जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।
हेड टु हेडमा मुम्बाई हावी
मुम्बई प्रतियोगिताको सबैभन्दा सफल टोली हो। उनले पाँच पटक उपाधि जितेका छन् । कोलकाता दुई पटक च्याम्पियन बनेको छ । प्रतियोगितामा अहिलेसम्म दुवै टोलीले ३१ पटक आमनेसामने भएका छन् । जसमा मुम्बईले २२ पटक र कोलकाताले ९ पटक मात्र जित हासिल गरेको थियो ।
दुबै टोलीका सम्भावित प्लेइङ ११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, तिलक वर्मा, नेहल वढेरा, अरशद खान, ऋतिक शोकिन, पियुष चावला, जेसन बेहरेनडोर्फ र रिले मेरिडिथ ।
कोलकाता नाइट राइडर्सः नितिश राणा (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), नारायण जगदीशन, रिंकु सिंह, आन्द्रे रसेल, शार्दुल ठाकुर, सुनील नारायण, लोकी फर्गुसन, सुयश शर्मा, उमेश यादव र वरुण चक्रवर्ती
त्यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) को आजको दोस्रो खेल डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स (जीटी) र राजस्थान रोयल्स (आरआर) बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । यी दुवै टोली गत वर्षको फाइनलमा आमनेसमने भएका थिए । फाइनल खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
आज दुवै टोली आमनेसामने हुँदा राजस्थानको नजर त्यो हारको बदला लिनेमा हुनेछ ।
यस सिजनमा राजस्थानको उत्कृष्ट प्रदर्शन
गुजरातविरुद्धको आज हुने खेल यस सिजनमा राजस्थानको पाँचौं खेल हुनेछ । उसले पछिल्ला चार खेलमा तीन जित र एकमा हार बेहोरेको छ । राजस्थानले पहिलो खेलमा हैदरावादलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । त्यसपछि दिल्ली र चेन्नईलाई हरायो । । उसले पञ्जाबसँग मात्रै हार बेहोरेको थियो ।
गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी जोस बटलर, शिमरोन हेटमायर, जेसन होल्डर र एडम जाम्पा हुन सक्छन् । यी बाहेक सञ्जु सैमसन, युजवेन्द्र चहल, यशस्वी जैसवाल र देवदत्त पद्डिकल जस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।
यो सिजनको गुजरातको पाँचौं खेल पनि हुनेछ। उसले पछिल्ला चार खेलमा तीन जित र एक हार पनि बेहोरेको छ । यस सिजनको पहिलो खेलमा गुजरातले चेन्नईलाई हराएको थियो । त्यसपछि उनले दिल्ली र पञ्जाबलाई जितेका थिए। टोलीले कोलकातासँगको एक मात्र हार थियो, जब रिंकु सिंहले गुजरातको अन्तिम ओभरको अन्तिम पाँच बलमा लगातार ५ छक्का प्रहार गर्दै जित खोसेका थिए।
राजस्थानविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, जेसुवा लिटिल र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक हार्दिक पाण्ड्या, शुभमन गिल र राहुल तेवाटिया जस्ता स्टार खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।
राजस्थान गुजरातसँग तीन खेलमै पराजित
गुजरात टाइटन्सको यो लिगमा दोस्रो सिजन मात्र हो । पहिलो सिजनमै टिमले सबैलाई चकित पारेर च्याम्पियन बनेको थियो । त्यसपछि दुवै टोली ३ पटक आमनेसामने भएका थिए । गुजरातले तीनवटै खेल जितेको थियो ।
दुवै टोलीको सम्भावित प्लेइङ–११
राजस्थान रोयल्सः सञ्जु सैमसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पाडिकल, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, जेसन होल्डर, युजवेन्द्र चहल, कुलदीप शर्मा सेन र सन्दीप सेन
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या ९कप्तान०, शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), साई सुदर्शन, विजय शंकर, राहुल तेवाटिया, डेभिड मिलर, राशिद खान, मोहम्मद शमी, जेशुआ लिटिल र अल्जारी जोसेफ
