नेपाल विद्यार्थी संघ राष्ट्रपतिविरुद्ध सडकमा

९ पुष २०७४, आईतवार १०:२१

 मन्जिल कन्दङ्वा
पुस ९, काठमाडौं ।
नेपाली काँग्रेस सबद्ध नेपाल विद्यार्थी संघ (नेवि संघ)ले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विषयलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रियसभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवैधानिक गतिरोध सृजना गर्न खोजेको नेवि संघले आरोप लगाएको छ ।

‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाउँदै नेवि संघका कार्यकर्ताले प्रदर्शन गरेका छन् । नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट नारा लगाउँदै रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको छ ।