
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षमा जनताले नवीन दृष्टिकोण, नयाँ मार्गचित्रका साथ विकास, समृद्धि र सुशासनको नयाँ आयामको अनुभूति गर्न पाउन भन्ने शुभकामना व्यक्त गर्नभएको छन ।
नव वर्ष २०८० सालको उपलक्ष्यमा उहाँले दिनुभएको शुभकामना सन्देशमा नयाँ वर्ष सुख र समृद्धिको अनुभूति हुने तथा यस्तै विषय पढ्ने र सुन्न पाउने अवसर प्राप्त होस् भनी सबैमा शुभकामना व्यक्त गर्नभयो ।
उहाको शुभकामना सन्देशमा ‘समयमै नीतिगत र कार्यक्रमिक रूपले कार्यान्वयन योग्य ठोस कदम चाल्न सकिएन भने अबको बाटो कता तिर भन्ने अहंम प्रश्न खडा हुन्छ । यसले जनसाधारणमा निराशा र आक्रोश बढ्न थाल्दछ ।’
चुनौती व्यवस्थापन गर्दै देश र जनताको लागि नेतृत्वदायी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सरकारको दायित्व रहेको शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ । पूर्व अध्यक्ष रेग्मीले राजनीतिक दल र नेतृत्ववर्ग हाम्रो प्रणालीमा मुख्य अवयव भएकाले राज्यले समस्या देखाउने र हेर्ने नभई समाधान दिनेतर्फ ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
