प्रधानमन्त्री प्रचण्डमा भारत भक्ति देखिएको एमाले सांसद ठाकुर गैरेको टिप्पणी

२९ चैत्र २०७९, बुधबार १६:३४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा भारत भक्ति देखिएको नेकपा (एमाले)का सांसद ठाकुर गैरेले टिप्पणी गरेका छन् ।

उनले बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अन्य देशको भ्रमण र बोआवो सम्मेलन रोकेर भारत भक्ति किन देखाएको आरोप लगाएका हन् । भारतले आधिकारिक रूपमा निमन्त्रणा नै नदिएको अवस्थामा अन्य देशको निमन्त्रण थाति राखेर भारतको निमन्त्रणा पर्खनुको औचित्यबारे‍ उनले प्रश्न गरे ।

“प्रधानमन्त्रीले आफूले सबैभन्दा पहिला भारतको भ्रमण गर्ने भन्नुभएको थियो । केही दिनदेखि सदन र बाहिर पनि यसको चर्चा छ । भारतले औपचारिक निमन्त्रणा पनि नपठाएको सुनिन्छ,” उनले भने, “भारत भ्रमण पर्खिएर बोआवो सम्मेलन र अर्को छिमेकी देशको भ्रमण रद्द गरे निमन्त्रणा पर्खिकएको औचित्य के हो ? प्रधानमन्त्रीमा यति धेरै भारतमोह किन ?” “भारतीय सेना कालापानी क्षेत्रबाट फिर्ता हुने गरी सुनिश्चितता गर्न जाँदै हुनुहन्छ ? कालापानी, लिम्पियाधुरा र लिपुलेखको नेपालीको हकभोकको अधिकार सुनिश्चित हुने भएको छ ?,” उनले थपे, “ईपीजी प्रतिवेदन आदानप्रदान सुनिश्चित हुने भएको छ ? असमान सन्धि र सीमा अतिक्रमण अन्त्यत नभएसम्म म भ्रमण गर्दिनँ भन्ने बेला आएन ?”