अछाममा एक जना पुरुष स्कूटरसहित मृत फेला परेका हुन्। जिल्लाको साँफेबगर नगरपालिका– १ कालिमाटीका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्।
योगी सेती राजमार्गको कालिमाटी खण्डमा स्कूटरसहित सडकबाट तल खसेको प्रहरीले बताएको छ।
परिवारले आफूहरू नपुग्दासम्म शव नउठाउन प्रहरीलाई आग्रह गरेका छन्। नाथ वैद्यनाथ धाम पर्यटन विकास तथा व्यावस्थापन समितिका सदस्य समेत हुन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साँफे प्रहरीका अनुसार मंगलबार राति दुर्घटना भएको हो। बुधबार बिहान मात्र उनको शव फेला परेको हो।
