चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध चर्चित कलाकार दीपकराज गिरीले कडा आक्रोश पोखेका छन् ।
सामाजिक सञ्जालमार्फत् केसीविरुद्ध चलचित्र छक्का पञ्जा ४ को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै दीपकले आक्रोश पोखेका हुन् ।
‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा उनले फेसबुकमा लेखेका छन् ।
स्मरणीय के छ भने छक्का पञ्जा ४ ले आक्रामक कमाइ गर्दा चलचित्र विकास बोर्डका अध्यक्ष केसीका छोरा अनमोल केसी अभिनित चलचित्र छड्के सुपर फ्लप भएको थियो । यी दुई चलचित्र एकै दिन प्रदर्शनमा आएका थिए । फिल्म नचलेपछि दर्शकसँग अनमोलले माफी मागेका थिए ।
