सांसद श्रेष्ठ ‘घूस’ काण्ड : अख्तियारको अनुसन्धान 

२८ चैत्र २०७९, मंगलवार १५:२३

राष्ट्रय स्वतन्त्र पार्टीका (रास्वपा ) सासंद ढाकाकुमार श्रेष्ठ  र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिचको अडियो संवादमा अख्तियार आयोगले  अनुसन्धान अगाडि बडाएको छ । पार्टीको कोर टिमले स्वास्थ्यमन्त्री हुन दुई करोड मागेको भन्दै रकम मिलाईदिन आग्रह  गर्दे गरेको अडियो संवाद  सार्वजनिक भएको थियो ।

झपाको बिर्तामोडस्थित बीएन्सी अस्पतालका सञ्चालक प्रसाईंको कलेज सम्बन्धि प्रक्रिया रोकिएको छ, उनको अस्पतालले उपचार बिमा मार्फत दाबी गरेको १४ करोड रुपैयाँमा प्रश्न उठेकाले भुक्तानी भ्रएको छैन ।   प्रसाईंको काम गराइ दिने र मिलेर  देश बनाउने  भन्दै सांसद श्रेष्ठले  घूस मागेको अडियो आइताबार कपूरबोट टीभीले सार्वजनिक गरको थियो । यसै सन्दर्भमा सार्वजनिक बहस सुरु भएसँगै अख्तियार आयोगले अनुसन्धान थालेको छ ।

घूस संवादबारे अख्तियार आयोगका पदाधिकारीहरु बिच  सोमबार बहस भएको थियो । यसै  सन्दर्भमा  मिहिन अनुसन्धन गर्ने धारण राखेका थिए ।  घूस प्रकरणलाई सञ्चार माध्यममा आएका  समचारलाई नै   प्रमान मानेर अनुसन्धा अगाडि बढाउने निष्कर्ष  छ ।

सञ्चार माध्यममा”  प्रकाशीत, प्रसारीत सामाग्रीलाई नै सार्वजनिक मुदा मानि अनुसन्धानलाई अगाडि बढाउने छौँ,’ अख्तियारका एक अधिकारीले आयोग खबरसँग कुराकानी गर्दे भनेः मन्त्री बन्न आफ्नै दलको  नेत्वलाई पैसा बुझाउनु पर्ने  भ्रएको र  जोहो गरिदिन  एक सांसदले मेडिकल व्यवसायीसँग गरेको अडियो संवादका अधारमा आयोगले अनुसन्धान अगाडि बढाएको हो । सार्वजनीक पद धारण गरेको व्यक्तिले नजायज लेनदेन गरको वा  प्रयास गरेको  विषय भ्रष्टचारजन्य  कसुरमा पर्छ, यसबार पकै पनि हामी तथ्य र प्रमाण बमोजिम एउटा निचोटमा पुग्ने  छौ “ , ।

अख्तियारले २०७९ बमोजिम श्रेष्ठमाथि अनुसन्धान अगाडि बढाएको हो ।