‘नेपालको सीमामा कसैले गिद्दे नजर लगाए सहन सकिँदैन’

२८ चैत्र २०७९, मंगलवार १४:४८

नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले नेपालको सीमामाथि कसैले गिद्दे नजर लगाए सहन नसकिने बताएका छन्।

एमालेको ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा हुम्ला आएका नेता आचार्यले प्रेस चौतारी, हुम्ला शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले भारत–चीन कसैले पनि नेपालको सीमामाथि धावा बोले त्यसलाई एमालेले प्रतिवाद गर्ने उनको भनाइ थियो।

हुम्लाको लिमी लाप्चा क्षेत्रमा १२ नम्बर पिलरलाई चीनले एकतर्फी रुपमा पुनःनिर्माण गरेको विषयमा एमालेको धारणा के हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले उक्त टिप्पणी गरेका हुन्।