कोरोना नियन्त्रण गर्ने पैसाको दुरुप्रयोग

२८ चैत्र २०७९, मंगलवार १०:२३

सिराहाको औरही गाउँपालिकाले कोभिड– १९ नियन्त्रण र रोकथामका लागि २ करोड २० लाख ८० हजार ९२९ रूपैयाँ खर्च गरेको थियो । जसमध्ये गाउँपालिकाले ५४ लाखको झुल खरिद गरेको काण्ड तत्कालीन समयमा निकै चर्चामा थियो । आव २०७६–७७ मा बिपत् व्यवस्थापन कोषबाट झुल किनिएको गाउँपालिकाले जनाएको थियो ।

गाउँपालिकाका सम्पूर्ण घरधुरीलाई झुल वितरण गर्न ५३ लाख ६९ हजार १९५ रुपैयाँ खर्च भएको बताइएको थियो । गाउँपालिकाले झुल खरिदमा गरेको खर्च त्यतिबेला निकै चर्चाको विषय बनेको थियो । यसरी खरिद गरिएका ६५ सय थान झुल गाउँपालिकाको स्टोरमा थन्किएको छ ।