दुर्गा प्रसाई माथि प्रधानमन्त्रीको अत्याचार

२७ चैत्र २०७९, सोमबार १७:१७

व्यवसायी दुर्गा प्रसाईले आफुमाथि दुई प्रधानमन्त्रीले अत्याचार गरेपछि विद्रोही बनेको बताएका छन् ।

प्रसाईले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबाट आफू बारम्बार पीडित बनेको बताएका हुन् । अहिले म यो स्थितीमा आउनुमा यी दुई जना मुख्य जिम्मेवार छन् । म उहाँहरुको कर्तुत पनि सार्वजनिक गर्ने पक्षमा छु,’ नेपालवाचसँगको कुराकानीमा उनले भने ।

व्यवसायी प्रसाईले प्रचण्ड र ओलीसँग सम्बन्धित भ्रष्टाचारको संलग्नता सम्वन्धि ८० पृष्ठको विवरण सार्वजनिक गर्न लागेकोसमेत बताएका छन् ।

तर त्यो ८० पृष्ठ लामो विवरणमा ओली र प्रचण्डको कस्ता विवरणहरु छन् भन्नेबारे भने उनले केही खुलाउन चाहेनन् ।उनले भने, ‘ढाकाकुमारको त सानो कुरा हो । ओली र प्रचण्डको त्यो भन्दा धेरै ठूलो छ ।’ सबै सूचना तथा विवरणहरु अब सार्वजनिक गर्ने प्रसाईको चेतावनी छ ।