प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने

२७ चैत्र २०७९, सोमबार १२:०१

संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजेका लागि बैठक डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८०७९ पेश गर्ने कार्यसूची छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक,२०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।