
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि राष्ट्रय स्वतन्त्र पार्टीबाट सांसद ढाककुमार श्रेष्ठ निलम्बित भएका छन् । अडियो बाहिरीएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको हो । श्रेष्ठलाई कारबाहि गरिएको रास्वापाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
मन्त्री बन्ने भए साडे २ करोड पाट्रीलाई बुझाउनु पर्ने पाट्री सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवासायी दुर्गा प्रसाईसँगको कुराकानीमा सुन्न सकिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईँलाई सुनाएका छन् । उनले प्रसाईँसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईँलाई सुनाएका छन् । दुर्गा प्रसाईंसँग लागेर सांसद श्रेष्ठले आफ्नै खुट्टामा बञ्चरो हानेको भनेर धेरैजसोले बाहिरफेरा कुरा काटिरहेका छन् ।
