दुर्गा प्रसाईसँग २ करोड रकम मागेका रास्वपाका सांसद निलम्बित

२६ चैत्र २०७९, आईतवार १४:१३

व्यवसायी दुर्गा प्रसाईसँग रकम माग गरेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै निलम्बन गरेको छ ।

सांसद श्रेष्ठलाई निलम्बन गरिएको र उनीमाथि थप छानबिन हुने रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सार्वजनिक भएको अडियो अनुसार सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै दुर्गा प्रसाईसँग पार्टीलाई रकम बुझाउनका लागि भन्दै २ करोड माग गरेका थिए ।

उनी रास्वपाको समानुपातिक कोटाबाट सांसद बनेका थिए । अहिले उनलाई पार्टीले मात्रै निलम्बन गरेको छ, थप छानबिनपछि दोषी ठहर भएमा उनको सांसद पद पनि जान सक्छ ।