
काठमाण्डौँ, आफ्नो आगामी फिल्म ‘बिहे पास’ प्रमोसनका लागि अभिनेत्री प्रकृति श्रेष्ठ नेपाल आएकी छिन् ।
केही वर्षयता अस्ट्रेलियामा बसोवास गर्दै आएकी उनी शुक्रवार राती काठमाडौं आएकी हुन् ।
शनिवारबाट उनी अभिनेता दयाहाङ राईका साथमा फिल्म प्रमोसनमा लागेकी छिन् ।
फिल्म ‘बिहे पास’मा दयाहाङ र प्रकृति मुख्य भूमिकामा छन् ।
यो फिल्म प्रकृतिको ९ वर्षपछिको पुनरागमन हो । ‘होस्टेल’, ‘उत्सव’ लगायतका फिल्ममा अभिनय गरेकी प्रकृति अभिनीत ‘को होला त्यो’ गीतको भिडियोलाई पनि दर्शकहरुले निकै रुचाएका थिए ।
प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’मा दयाहाङ र प्रकृतिसँगै शिशिर वाङदेल, बुद्धि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल पहारी लगायतको पनि अभिनय छ ।
