काठमाडौं । अघिल्लो वर्षको तुलनामा यो वर्ष मानव बेचबिखन तथा ओसारपसार अर्थात् माानव ‘तस्करी’का घटनामा वृद्धि भएको छ । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध बढेको हो ।
गएको आर्थिक वर्ष २०७८-०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएका थिए । पीडितमा पनि महिला बढी छन् । महिला ११८ र पुरुष ११ रहेको तथ्याङक छ । अभियुक्तमा पुरुष १२५ र महिला ७२ जना छन । अपराधमा संलग्न ८२ जना पुरुष र ४४ जना महिला गरि १२६ जना पक्राउ परेका छन । जसमा ४३ पुरुष र२८ महिला फरार छन् ।
चालू आर्थिक बर्ष २९७९-०८० मा मुद्दा दर्ता ९१ पीडित पुरुष ११ र महिला ११८ गरी १२९ जना पीडित रहेका छन् । अभियुक्तमध्ये १२५ पुरुष र ७२ जना महिला गरी १९७ जना रहेका छ्न भने त्यस मध्य ४३ पुरुष र २८ महिला गरी ७१ जना फरार छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार गत आर्थिक बर्ष भन्दा चालू आर्थिक बर्षमा मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको छ ।
ब्यूरोका प्रमुख श्रेष्ठका अनुसार यसरी बेचबिखनमा परेका युवा युवतीलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर विदेश लगि बेचबिखन गरेर अलपत्र पार्ने गरेको देखिन्छ । यस्तो आपराधिक कृयाकलापबाट पीडित हुनेमा अधिकांश किशोरकिशोरी तथा ४० वर्ष उमेर समूहका छन् ।
वर्किङ भिसामा खाडी मुलुक जान सरकारले रोक लगाएको भए पनि यस्ता गिरोहले अधिकास युवा युवतीलाई भिजिट भिसामा खाडी मुलुक लाने गरेको र यसरी गएर काम गर्दै आएका धेरै महिलालाई उद्दार गरी नेपाल फर्काएको ब्यूरोको दावी छ ।
ब्युरो टोलीले मात्र २०७६ सालदेखि हाल सम्ममा २३९ महिला, १९४ जना पुरुष, १२ जना बालिका र १७ जना बालक गरी ४८४ जनालाई उद्दार गरिसकेको बताइएको छ ।
