
काठमाडौँ — साओमी रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक भएको छ । मेडिएटेक हेलियो जी ८५ प्रोसेसरद्वारा संचालित फोनको डिजाइनमा नयाँ स्तर थपिएको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले बताए ।
यसमा ५००० एमएएच पावरको ब्याट्री उपलब्ध छ । ६.७ इन्चको डिस्प्ले रहेको फोनमा ५० एमपीको प्रमुख क्यामेरा छ । फ्रन्ट क्यामेरा ५ एमपीको छ । दुई सिम चल्ने फोन तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
३ र ३२ जीबीमा मूल्य १३ हजार ४९९ रुपैयाँ, ४ र ६४ जीबीमा १४ हजार ४ सय ९९ रुपैयाँ, ६ र १२८ जीबीमा १६ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ । शुक्रबारदेखि देशभरका आधिकारिक स्टोरहरुमा फोन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
