सालकको खपेटासहित दुईजना भक्तपुरबाट पक्राउ

२२ चैत्र २०७९, बुधबार १३:१०

चाँगुनारायण नगरपालिका–२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई मंगलबार दिउँसो पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका–२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भ चाँगुनारायण नगरपालिका क्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२–०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।