सिटीसँग हारेपछि लिभरपुलको बसमा इँटा प्रहार

१९ चैत्र २०७९, आईतवार १६:५५

म्यानचेस्टर । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीसँगको हारेपछि लिभरपुलको टिम चढेको बसमा सम्भावित इँटा प्रहारको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सिटीसँग ४–१ को लज्जास्पद पराजय बेहोरेर इतिहाद रंगशालाबाट बाहिरिने क्रममा बसमा इँटा प्रहार भएको बताइएको छ । घटनामा बसको सिसामा क्षति पुगेको छ । यद्यपि, घटनामा कोही पनि घाइते नभएकाले बसले आफ्नो नियमित यात्रा जारी राखेको थियो । घटनाबारे ग्रेटर म्यानचेस्टर पुलिस (जीएमपी) ले अनुसन्धान सुरु गरेको छ । सिटीले एक आधिकारिक वक्तव्य जारी गर्दै घटनाको भर्त्सना गरेको छ भने प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने बताएको छ ।