नेपाल ल्याउदै नयाँ वर्षमा ह्याचव्याक कार सीथ्री

१९ चैत्र २०७९, आईतवार १२:०४

‘हामीले अप्रिलमा नै यसको विक्री सुरु गर्ने तयारी गरेका छौं । अर्डर ढिला जाँदा आयात खुलेपछि पनि केही समय लाग्यो । अब यही साता नेपालको लागि सीथ्री हिड्न लागेको छ’, साँग्रिला मोटर्स स्रोतले भन्यो ।

सुरुमा कम्बस्चन इन्जिन युक्त सीथ्री नेपाल आउने छ । त्यसको उक महिनापछि इलेक्ट्रीक सीथ्री आउने कम्पनीले जानकारी दिएको छ ।

प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आउने सीथ्रीको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म रहने अनुमान गर्न सकिन्छ । यसको एकिन मूल्य थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।