प्रधानमन्त्रीले राष्ट्रपतिलाई टिचिङ अस्पतालमा भेटे

१९ चैत्र २०७९, आईतवार ११:४६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ अस्पताल भर्ना भएका हुन् ।