भीम रावलसंग संवाद गर्न तीन सदस्यीय टोली गठन

१८ चैत्र २०७९, शनिबार १७:४४

नेकपा एमालेले पार्टीका पूव उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको टोली गठन भएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। केहीदिन अघि प्रेस चौतारी नेपाल कैलालीले अयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाएका थिए।

उनले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको पनि बताएका थिए। नेता रावलले पनि मिसन ग्रासरुटसम्बन्धी कार्यक्रम बिथोल्नु शीर्ष नेताहरुकै गल्ती रहेको दाबी गरेका थिए।