तीन जना उडान कर्मचारीले टिक टक भिडियो बनाएको आरोपमा उडाउन नपाउने

१७ चैत्र २०७९, शुक्रबार १६:१५

हिमालय एयरलाइन्सका तीन जना उडान कर्मचारी (क्याबिन–क्रु)लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीमा गरेको छ ।

उडानका बेला टिक टक भिडियो बनाएकाले हिमालय एयरलाइन्सका तीन जना उडान कर्मचारीलाई कारबाही गरेको प्राधिकरणले जनाएको छ ।
बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा टिक टक बनाएको जनाइएको छ । कारवाहीमा पर्नेमा एक पुरुष र दुई महिना कर्मचारी छन् ।

उनीहरुलाई तीन महिनादेखि छ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको प्राधिकरणले जनाएको छ । कारबाही भुक्तान गरेपछि कक्षा लिएर मात्रै उनीहरु पुनः काममा फर्किन पाउने छन् ।