गीतकार रामचन्द्र लामगादेले आधुनिक गीतबाट अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
उनले “म के गरु” नामक आधुगीतबाट नयाँ सर्वाेत्कृष्ट शब्द रचनाको अवार्ड प्राप्त गरेका हुन् । नेपाल संगीत उद्योग संघद्धारा आयोजित AMIN नेशनल म्युजिक अवार्ड २०७९ को आधुनिक गीत तर्फबाट उनले नयाँ सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् ।
उनले अवार्ड प्राप्त गर्न सफल भएको उक्त गीतमा संगीत भने संगीतकार महेश खड्काको रहेको छ । यस्तै प्रमोद खरेलको आवाज रहेको छ ।
यस्तै उक्त गीतको भिडियोमा सैलेश भुसालको निर्देशमा सृष्टि खड्का र महेश खड्काको अभिनय रहेको छ । 
