मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुनजस्तो भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिप्पणी गरेका छन्।
काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्ड कार्यक्रमलाई (हिजो) आइतबार सम्बोधन गर्दै मन्त्री किरातीले मन्त्री बनेपछि फुर्सदिलो भइन्छ भन्ने लागेको तर अझै बढी व्यस्त भएको बताएका हुन्।
‘दस वर्ष सांसद हुँदा सानोतिनो काममा हिँडिरहन्थे । यतिसम्म कि मान्छेहरलाई बसको टिकटमा समस्या भयो भने पनि म त्यहाँ पुग्थें । लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ। ठुलाठुला काम गर्नुपर्छ। ठूला काम थोरै हुन्छ,’ मन्त्री किरातीले भने, ‘तर, मन्त्री बनेको ६५ दिन हाराहारी हुँदैछ। म त सोह्र श्राद्धको बाहुनजस्तो पो भएछु। हतारहतार सिदा उठाएर हिँडिहाल्नुपर्ने। त्यसको निम्ति म क्षमाप्रार्थी छु।
