ओली पुगे अर्घाखाँचीको सुपादेउरालीे दर्शनमा

१२ चैत्र २०७९, आईतवार १३:४५

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपादेउरालीको दर्शन गर्न पुगेका छन् ।

अध्यक्ष ओली मिसन ग्रासरुट अन्तर्गतको कार्यक्रममा सहभागी हुन अर्घाखाँची जाने क्रममा उक्त मन्दिरको दर्शन गरेको स्रोतले जनाएको छ । एमालेले देशभर मिसन ग्रासरुट अभियान सञ्चालन गर्दै आएको छ ।

 

अभियानको क्रममा शनिबार ओलीले विश्व शान्तिको मुहान लुम्बिनीको अवलोकन भ्रमण गरेका थिए। उक्त भ्रमणमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सांसदहरू, पूर्व मन्त्रीहरू र पार्टीका नेताहरू सहभागी थिए ।

यस्तै ओलीले आइबार अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली मन्दिरको दर्शन गरेका हुन् । उनको साथमा अर्घाखाँचीका सांसद टोप बहादुर रायमाझी लगायत अन्य नेताहरु रहेका थिए ।