काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह र संघीय सांसद एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीबीच भेटवार्ता भएको छ । उनीहरुबीच नवलपरासी जानेक्रममा भैरहवा विमानस्थलमा भेटवार्ता भएको हो ।
भेटका क्रममा दुई जनाले छिट्टै भेटेर महानगरसहित समग्र देशको विकासका बारेमा छलफल गर्ने प्रतिवद्धता गरेको जनाइएको छ ।
