आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

१२ चैत्र २०७९, आईतवार १२:२४

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले उनलाई आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गत शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।