आज ११ चैत्र शनिबार देशका कुन कुन भू–भागमा वर्षाको सम्भावना रहेको छ ? थाहा पाउनुस्

११ चैत्र २०७९, शनिबार ०७:३३

आगामी तीन दिन पहाडी भू–भागमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

चैत १२ गते दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने भएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागको आकलन छ।

चैत १३ गते दिउसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा हुनेछ।

राति पनि पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।