प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ ।
उक्त बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः (आज) बिहीबार बसेको हो ।
