नेपाली राष्ट्रिय क्रिकेट खेलाडी प्रतिश जि सि लाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गरेका छन्।
खेलाडी प्रतिश जि सि लाई बिहिबार विहान एक कार्यक्रमको आयोजना गरी उपाध्यक्ष पोखरेलले सम्मान गरेका हुन्। खेलाडी जिसिलाई ५०००० रुपैयाँ नगदसहित सम्मान गरेको गाउँपालिकाका उपाध्यक्षका पोखरेलले बताए। खेलाडी जिसिले क्रिकेटमार्फत जिल्लालाई विश्वभर चिनाउन सफल भएकोले सम्मान गरेको उनले बताए ।
आफूले गरेको सम्मानले खेलाडीको मनोबल बढ्ने विश्वास उनको छ । त्यस्तै पोर्ख्रेल फाउन्डेसनका सञ्चालक कुशराज पोख्रेल ले फाउन्डेसन मार्फत जिसिलाई ५०००० हजार सहित सम्मान गरेका छन् ।
