राष्ट्रपति पौडेल र चीनका राजदूत सङबीच भेटवार्ता, यस्ता विषयमा भए छलफल

८ चैत्र २०७९, बुधबार १८:१२

राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र राजदूत सङबीच शिष्टाचार भेटवार्ता भएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले दिएको जानकारी अनुसार भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको छ।