लुम्बिनी प्रदेशका मुख्य मन्त्री लीला गिरी नेतृत्वको सरकार ढल्दै

८ चैत्र २०७९, बुधबार १७:०४

लुम्बिनी प्रदेशका मुख्य मन्त्री लीला गिरी नेतृत्वको सरकारअब अल्पमतमा पर्ने भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिने भएसँगै सरकार अल्पमतमा पर्ने निश्चित भएको हो ।

गिरी पुस २७ गते मुख्य मन्त्रीमा नियुक्त भएका थिए । उनले ५८ सांसदको विश्वासको मत पाएका थिए । राष्ट्रपति निर्वाचनपछि फेरिएको केन्द्रीय राजनीतिअनुसार सत्तत्रा परिवर्तन हुनेहुँदा माओवादीले विश्वासको मत फिर्ता लनि लागेको हो । गिरी एमालेका हुन् ।

‘हामी विश्वासको मत फिर्ता लिनेमा छलफल गरिरहेका छौं,’ माओवादी संसदीय दलका नेता जोखबहादुर महराले भने, ‘भोलि नै फिर्ता लिन सक्छौं ।’ त्यतिबेला माओवादी केन्द्र, जसपा र जनमत पार्टीले विश्वासको मत दिएका थिए । अहिले यिनै दलहरु सरकारमा सहभागी छन् ।

नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादीलेसमर्थन गरेका थिए । पछिल्लो सत्ता समीकरण फेरिएसँगै लुम्बिनीको समीकरण पनि फेरिदैं छ । गिरीलाई विजश्वासको मत दिएका दलहरु अहिले फेरिएको गठबन्धनमा छ । एमाले बाहिर भएकाले लुम्बिनी सरकारको परिदृष्य बदलिएको हो ।

मा‌ओवादीले विश्वासको मत फिर्ता लिने भएपछि साना दलले पनि फिर्ता लिने देखिन्छ ।