पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले भेटवार्ता गरेका छन्।
राजसंस्था पुनःस्थापनाको एजेण्डा लिएको राप्रपाले शाह झापाको दमक पुगेको अवसरमा सामूहिक भेटवार्ता गरेका हुन्। भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा र रविन्द्र मिश्र थिए।
उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ। यसअघि पनि नेता मिश्रले पूर्वराजा शाहसँग पटक पटक भेटवार्ता गर्दै आएका छन् ।
