एमाले नेता रावलको प्रधानमन्त्रीलाई प्रश्न: जनताको मुख थुन्ने ?

८ चैत्र २०७९, बुधबार १३:४९

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन्। मंगलवार प्रधानमन्त्री प्रचण्डको विरोधमा उत्रिएकाको मुख थुनेको घटनाप्रति इंगित गर्दै रावलले ट्वीटमार्फत प्रश्न उठाएका हुन्।

रावलले जनताको मुख थुन्ने तर दलाल पूँजीपतिलाई खुला छोडेकोमा आपत्ति जनाएका हुन्। ‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने!’ रावलले भनेका छन्, ‘यस्तो कुवुद्धि कसले सिकायो?’

मंगलवार नयाँ बानेश्वरमा प्रधानमन्त्री सहभागी हुन पुगेको कार्यक्रममा केही युवाले ब्याजदर कम गर्न माग गर्दै विरोध जनाएका थिए। लगत्तै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए।