तेजपातको प्रयोगले हाम्रो स्वास्थ्यमा के कस्ता फाइदा हुन्छ ? थाहा पाउनुस्

७ चैत्र २०७९, मंगलवार २२:१२

हाम्रो भान्सामा उपयोग गरिने तेजपातले स्वाद बढाउनुका साथै स्वास्थ्यलाई पनि राम्रो गर्छ ।

आयुर्वेदले त यसलाई औषधि नै मानेको छ । यसमा भिटामिन सी, ए, बी, ई, आइरन, क्याल्सियम, पोटेसियम लगायतका एन्टीअक्सिडेन्ट तत्त्वहरू भेटिन्छन् ।

तौल घटाउनः तपाईंलाई तौल घटाउनुछ भने तेजपातको चिया पिउन सक्नुहुन्छ । यसले तपाईंको शरीरको मेटाबोलिजम स्तर बढाएर शरीरबाट अतिरिक्त बोसो डढाउन सहायता गर्छ ।

मुटु जोगाउनः तेजपातमा भएको पोषक तत्त्वले तपाईंलाई रक्तचाप नियन्त्रणमा लिन सहयोग गर्छ । रक्तचाप नियन्त्रित रहेमा मुटुरोग लाग्न पाउँदैन ।

मधुमेह रोगीलाई लाभदायकः तेजपातको चिया पिउँदा शरीरमा इन्सुलिनको स्तर बढ्छ । यसले रगतमा ग्लुकोजको मात्रा घटाइदिन्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ ।

संक्रमणबाट बचाउनः तेजपातमा भएको एन्टीफंगल गुणले शरीरमा कुनै पनि किसिमको संक्रमण हुन दिँदैन । यसमा भएको क्यान्डिडा एल्बीक्यान्सले जस्तोसुकै संक्रमणसँग लड्नका लागि शरीरलाई सहायता गर्छ ।