काठमाडौं उपत्यकाभित्र प्रत्येक वर्ष मनाइने घोडेजात्रा आज आज सैनिक मञ्च टुँडिखेलमा बिशेष कार्यक्रमका साथ मनाइँदैछ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सर्बोच्च अदालतका कायम मुकायम प्रधान न्यायधिस हिरकृष्ण कार्की लगायतका बिशिष्ठ व्यक्ति सहभागि हुनेछन् । कार्यक्रममा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा बिभिन्न अश्वकला प्रदर्शन गर्नेछ । त्यसबाहेक मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको सैनिक कला पनि मञ्चमा प्रदर्शन हुनेछन् । कार्यक्रम आज दिउँसो २ बजेबाट सुरु हुनेछ ।
प्रत्येक वर्षको चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्राको मौलिम ऐतिहासिक मान्यता रहेको छ । जनविश्वास अनुसार टुँडिखेलस्थित पूर्व–पश्चिम दिशामा रहेको ठुला रुखमुनी गुरुमापा नामको रक्षस बस्थे । उनले सहरका बालबालिका खाने गर्थे । आतंकित स्थानीयले गुरुमापाको वध गरे । उनको प्रेतात्माले दुःख दिने सक्ने जनविश्वास भएपछि स्थानीयले आजकै दिन घोडाको टापले कुल्चाए । यसो गर्दा प्रेतात्म जमिनमै दबेर जाने जनविश्वास रह्यो । सोही दिनको सम्झना स्वरुपमा घोडेजात्रा मनाउने परम्परा बस्यो ।
घोडजात्रामा बिना कारकेट राष्ट्रपति सहभागि हुने
बिगतको परम्परा तोड्दै आज पनि राष्ट्रपति पौडेलको सवारी बिना ‘कारकेड’ चलाइने भएको छ । राष्ट्रपति पौडेल आज दिउँसो घोडेजात्रामा सहभागि हुन सैनिक मञ्च टुँडिखेल जाँदैछन् । पौडेलको यो कार्यालयीय सवारी हो । यस्तो सवारीमा विगतका दिन सडक खाली गराइन्थ्यो । आउजाउमा रोक लगाइन्थ्यो । तर, आज राष्ट्रपति पौडेल तामझाप बिनै कार्यक्रममा सहभागि हुने प्रेस सल्लाहकार खिला कार्कीले जानकारी दिए ।
उनले भने,‘आज दिउँसो २ः३० बजे राष्ट्रपतिको सवारी सैनिक मञ्च टुँडिखेलमा हुनेछ । सवारी तामझाम बिनै हुनेछ । सामान्य ढंगले कार्यक्रममा सहभागि भएर उहाँ फर्कने कार्यक्रम छ ।’
