
कैलालीमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भने
मृत्यु हुनेहरुमा ट्याक्टरमा सवार भजनीनगरपालिका–९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरी रहेका छन् । उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ गरी २८ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।
जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका–९ कुणी फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेकाहुन् ।
ट्याक्टर चालक भजनी नगरपालिका–९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजीभइरहेको छ ।
