१० बैशाखमा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

७ चैत्र २०७९, मंगलवार ११:३१

निर्वाचन आयोगले आगमी १० बैशाखमा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचमा सहभागि हुन दल दर्ता गर्र्नका लागि राजनीतिक दललाई आह्वान गरेको छ ।
आयोगले सुचना सार्वजनिक गर्दै निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले ८ चैतदेखि १२ चैतसम्म दल दर्ता गर्न आह्वान गरेको हो । १० बैशाखमा चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ ।
चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि उप निर्वाचन हुन लागेको हो । तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । त्यसो हुँदा खाली भएको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएको हुँदा बारा–२ मा पनि उपनिर्वाचन हुँदैछ ।