पाथीभरा मन्दिरको दर्शन गएकी एक महिला मृत भेटिइन्

७ चैत्र २०७९, मंगलवार ११:१७

पाथीभरा मन्दिरको दर्शन गएकी एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार पाथीभरा मन्दिरको दर्शन गरी सोमवार बेलुका माथिल्लो फेदीमा बास बसेकी बिर्तामोड नगरपालिका २ चारपाने झापा बस्ने ४७ वर्षीया शिवमाया गौतमको ज्यान गएको हो।

कार्कीका अनुसार सोमवार हिजो पाथीभराको दर्शन गरी पुनः माथिल्लो फेदीमा आएर गौतमसहित उनका आफन्त बास बसेका थिए । शौचालयमा नै लडेको अवस्थामा भेटिएकी गौतमलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका हुन् ।