उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह

७ चैत्र २०७९, मंगलवार ०७:५२

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ ।

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा भाग लिन आयोगले तनहुँ जिल्ला निर्वाचन क्षेत्र र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को दल दर्ताका लागि आग्रह गरेको हो ।

आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ ।

dal darta1679363175.JPG