आज सार्वजनिक बिदा दिए पनि राहदानी विभाग २:३० बजेसम्म खुल्ने

७ चैत्र २०७९, मंगलवार ०७:२६

काठमाडौं उपत्यकामा आज ९मंगलबार० घोडेजात्रा पर्वका अवसरमा सार्वजनिक बिदा भएपछि राहदानी विभाग भने खुला रहने भएको छ।

सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ। विभागका सूचना अधिकारी खिमानन्द भुसालले मंगलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए।

मंगलबारका लागि ८०० जनाले राहदानीको फर्म भरेकोले ३ः० बजेसम्म सेवा दिने भुसालले जानकारी दिए।