लोकप्रिय अभिनेता प्रदिप खड्काले चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।
उनले चैत २ देखि ६ गतेसम्म आयोजना भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणमा पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनी सिनेमा ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।
प्रेमगीत, प्रेमगीत २, प्रेमगीत ३, लिलिबीली, प्रकाश, लव स्टोरी, रोज लगायतका चलचित्रहरुबाट उनले दर्शक मन जित्न सफल भएका छन् । उनको चलचित्र प्रेमगीत ३ ले त अन्तराष्ट्रिमै चर्चा कमाउन सफल भयो ।
