संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संसद भवनमा हुदैछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूचि रहेको छ ।
उक्त प्रस्तावमाथि छलफल पश्चात निर्णय प्रस्तुत गरिने कार्यसूचि पनि रहेको छ ।
