मंगलबारे बहुमुखी क्याम्पसबाट स्वतन्त्र विद्यार्थी प्यानल निर्वाचित

५ चैत्र २०७९, आईतवार २२:२६

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मंगलबारे बहुमुखी क्याम्पसबाट स्वतन्त्र विद्यार्थी प्यानल निर्वाचित भएको छ।

उक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र विद्यार्थी प्यानलका फुर्वा तामाङ .सुनिल) निर्वाचित भएका छन्। यस्तै सचिवमा स्वतन्त्रकै रुद्रप्रसाद पौडेल र कोषाध्यक्षमा विशाल तामाङ निर्वाचित भए।

यस्तै सदस्यहरुमा स्वतन्त्र विद्यार्थी प्यानलका मनिषा बम्जन र केशव निरौला तथा नेपाल विद्यार्थी संघका सलिना श्रेष्ठ, प्रकाश चम्लागाईं र प्रवीन बास्तोला निर्वाचित भएका छन्।