एमालेले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सक्ने

५ चैत्र २०७९, आईतवार २०:५१

नेकपा एमालेले पनि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सक्ने नेकपा एकीकृत समाजवादीका नेता किसान कुमार श्रेष्ठले बताएका छन् ।

आइतबार प्रतिनिधी सभाको बैकपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । प्रचण्डलाई विश्वासको मत गठबन्धनमा आबद्ध सबै दलले दिने उनले बताए । गठबन्धन त नौ दल दश दल भएछ नि भन्ने प्रश्नको जवाफ दिदै नेता श्रेष्ठले भने “भोलि सम्म ११/ २ दल पनि हुन सक्छ ।” एमालेले पनि दिन सक्छ ? भन्ने प्रश्नमा पनि उनले भने, “के थाहा रात भरीमा ।”

पहिले कांग्रेसले ढोक्सा थाप्यो भनेर एमालेले आरोप लगाएको थियो यो पटक फेरि एमालेले ढोक्सा थाप्ने पालो हो ? भन्ने प्रश्नको जवाफमा आदरणी नेताले ढोक्सा भन्ने शब्द लिएको र त्यो अहिले ब्यापक भएको उनले बताए । उनले कसैले कसैलाई ढोक्सामा पार्ने काममा नलाग्न पनि आग्रह गरे । “ढोक्सा शब्द आदरणीय नेता ल्याउनु भो त्यो अहिले ब्यापक पनि छ । तर मेरो अनुरोध कसैले कसैलाई ढोक्सामा पार्मला या पार्ने काममा नलागम भन्छु म, ढोक्सा भन्दा देश विकासको विषयमा सोचौं भन्छु म चाँहि, मेरो व्यक्तिगत धारणा भन्नुहुन्छ भने किन ? भन्दा हिजो हामी त निर्वाचनमा निर्वाचित भएर प्रत्यक्ष चुनाव लडेर जनताहरुसंग भोट माग्दा खेरी यो गर्छु उ गर्छु भनेर प्रतिबद्धता गरेका कुराहरु कसरी पुरा गर्न सकिन्छ । भन्ने तर्फ लाग्नु पर्छ भन्छु म चाहि, उनले भने।”

कसैले कसैलाई (ढोक्सा) जालमा पार्ने तर्फ लाग्नु भन्दा सबै मिलेर देश विकास गर्नुतर्फ लाग्नु पर्ने उनले बताए । यस्तै चुनावका बेलामा जनतासंग गरेका बाचा कसरी पुरा गर्न सकिन्छ ? कसरी जनतको समस्या समधान गर्न सकिन्छ ? भन्ने तर्फ ध्यान दिनुपर्नेमा लाग्नु पर्ने उनको भनाई थियो ।