
सरकारले राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने तयारी गरेको छ ।
तथ्य, प्रमाण तथा मिसिलको आधारमा सरकारी वकिल कार्यालयले फागुन ३० गते उक्त निर्णय गरी उच्च सरकारी वकिल कार्यालयमा पठाइएको हो, उपाध्यायले लोकान्तरसँग भने, त्यसका लागि आधार, कारणसहित खुलाएर हामीले निर्णय गरेका हौं ।
के कारणले मुद्दा नचल्ने भयो, तथ्य के हो, ऊ विदेशी नागरिक थियो वा त्यो बेला गैरआवासीय नेपाली थियो वा निष्क्रिय नागरिकता भएको नेपाली थियो, सबै आधार र कारण खुलाएर उच्चमा पठाइएको उनले बताए ।।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले रविविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णयसहित टिप्पणी उठाएर उच्च सरकारी वकिलको कार्यालयमा फाइल पठाएको हो । उच्चले त्यसलाई सदर गरी महान्यायाधिवक्ताको कार्यालयमा पठाएमा त्यहाँबाट मुद्दा नचलाउने निर्णय हुनेछ ।
